एनभिदिया बन्यो विश्वकै तेस्रो मूल्यवान कम्पनी

एनभिदिया बन्यो विश्वकै तेस्रो मूल्यवान कम्पनी

काठमाडौं : चिप निर्माता एनभिदिया विश्वकै तेस्रो मूल्यवान कम्पनी बनेको छ । गुगलको अभिभावक कम्पनी अल्फाबेट र अमेजनलाई पछि पार्दै एनभिदियाले यो रेकर्ड राखेको हो ।

पछिल्लो समय एआई चिप उत्पादनमा एनभिदियाले प्रभुत्व जमाइरहेको छ । विश्वका अधिकांश कम्पनीहरूले एआई परियोजनाका लागि एनभिदियाकै चिप प्रयोग गरिरहेका छन् । एआई चिपमा एनभिदियाको मात्रै ८० प्रतिशत बजार हिस्सा छ । 

बुधवार एनभिदियाको स्टक २.४६ प्रतिशतले बढ्दा कम्पनीको बजारमूल्य १.८३ ट्रिलियन डलर पुगेको ब्लुमबर्गले जनाएकाे छ । त्यस्तै अल्फाबेटको बजारमूल्य १.८२ ट्रिलियन डलर र अमेजनको बजारमूल्य १.७५ ट्रिलियन डलर छ ।

यता विश्वकै मूल्यवान कम्पनीका रूपमा खडा भएको माइक्रोसफ्टको कूल बजारमूल्य ३.०१ ट्रिलियन डलर र दोस्रो मूल्यवान कम्पनीको रूपमा रहेको एप्पलको २.८१ ट्रिलियन डलर रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार