पुनले पुस्तक बेचेर तीन करोड सङ्कलन गरे, सरकारले दिने भनेको पैसाको पत्तो छैन

महाविर पुन

काठमाडौँ : नेपाली कांग्रेसका सांसद दीपक गिरीले महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले बाचा गरेको रकम तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।

शुक्रबार संसदको विशेष समयमा बोल्दै सांसद गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गरेको भन्दै कृषि औजार कारखानालाई पुनः सचालन गर्नका लागि सरकारले प्रतिवद्धता गरेको रकम निकासा गर्न आग्रह गरे ।

दैनिक हजारौं युवा देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइरहेको भन्दै सांसद गिरीले युवाहरु विदेशीनुपर्ने बाध्यता बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले नेपालको विकासमा नीजि क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउँदै नीजि क्षेत्रलाई पुराना फाइल निकालेर तर्साउने काम बन्द गर्न पनि माग गरे ।

उनले सहकारी विभागका अनुसार अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारीहरुमा झन्डै १४ लाख सदस्यले खाइ नखाई बचत गरेको रकम डुबेको भन्दै सहकारी पीडितहरुलाई सरकारले न्याय दिलाउन नसकेको आरोप लगाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार