SKIP THIS

S.P.A  Collage

भारतीय बैंकको खातामा रकम भए नेपालमा फोन पे मार्फत क्युआर गर्न सकीने

भारतीय बैंकको खातामा रकम भए नेपालमा फोन पे मार्फत क्युआर गर्न सकीने

काठमाडौँ : नेपाल–भारतबीच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार भारतीय बैंकको खातामा रकम भए भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ ।

यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।

त्यसपछि दुई देशका केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता  भएको थियो ।

सो सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) ले अघि बढाउने उल्लेख थियो ।फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने जानकारी सार्वजनिक गरेका छन् । १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावको अनुमति प्रक्रिया पूरा हुन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार