इन्धनका रूपमा गाडीमा प्रयोग गर्ने मिल्ने गरि मिल्यो हाइड्रोजन उत्पादनमा नेपाललाई सफलता

इन्धनका रूपमा गाडीमा प्रयोग गर्ने मिल्ने गरि मिल्यो हाइड्रोजन उत्पादनमा नेपाललाई सफलता

काठमाडौं : नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयले आइतवार (आज) हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलता पूर्वक गरेको हो ।  

अहिले उत्पादित हाइड्रोजनलाई कारमा राखिएको छ । विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्राडा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो । 

लामो समयको प्रयासपछि विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेको छ । यस कार्य सफल गर्नु सगरमाथा चढनु सरहको अनुभव भएको डा. थापाले प्रतिक्रिया दिए । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ । 

अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने उनले बताए । साथै अब हाइड्रोजनको व्यावसायिक प्रयोगमा जोड दिने र त्यसका लागि आवश्यक पर्ने नीति निर्माणका काममा सरकारलाई घच्घचाउने उनले उल्लेख गरे । – टेकपानाबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार