फिजियोथेरापी संघ सुदूरपश्चिमको १ कार्यकालका लागि २ अध्यक्ष निर्वाचित, कसरी गर्दै छन् नेतृत्व ?

नेपाल फिजियोथेरापी संघ सुदूरपश्चिमको एउटै कार्यकालमा दुई जना अध्यक्ष निर्वाचित, कसरी गर्दै छन् नेतृत्व ?

धनगढी: नेपाल फिजियोथेरापी संघ, सुदूरपश्चिम प्रदेश शाखाको प्रदेश स्तरीय निर्वाचनबाट एक कार्यकालमा दुई अध्यक्षले नेतृत्व गर्ने गरी नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार गोदावरी नगरपालिका वडा नं. २ स्थित क्याबिनेट रिसोर्टमाा सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष द्वय मध्ये डा.युवराज पाण्डेले पहिलो डेढ वर्ष र डा.अशोक मणि रिमालले अर्को डेढ वर्ष जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

नयाँ कार्यसमितिको तीन वर्षीय कार्यकाल रहने छ । जसको आधा समय डा. युवराज र अधा समय डा.अशोकले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

नयाँ कार्यसमिति चयन गर्न चुनाव गरिएकोमा मत गणना गर्दा दुवै आकाङ्क्षीलाई समान ९/९ भोट प्राप्त हुन आएकोले अध्यक्ष पदमा डा.युवराज पाण्डेले पहिलो कार्यकाल (१.५ वर्ष) र डा. अशोक मणि रिमालले (दोस्रो कार्यकाल (१.५ वर्ष) समय अध्यक्षको भूमिका निर्वाह गने सहमति भएको जनाइएको छ ।

सोही निर्वाचनबाट उपाध्यक्ष पदमा डा. नवीन ढॅुगाना, सचिव डा. सुरज लेखक, कोषाध्यक्ष डा. सुमन भट्ट पनेरु निर्वाचित भएका छन् ।

यस्तै, कार्यकारी सदस्यहरूमा क्रमशः डा. प्रज्वल जोशी, डा. शसाङ‌की चटौत, डा. आरती शर्मा रिमाल, डा. सुरेन्द्र ऐर र डा. अमित यादव निर्वाचित भएको नेपाल फिजियोथेरापी संघ, सुदूरपश्चिम प्रदेश शाखाले जनाको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार