SKIP THIS

S.P.A  Collage

काठमाडौँ महानगर जुट्यो बजेट तथा कार्यक्रम तर्जुमा गर्न

काठमाडौँ महानगर जुट्यो बजेट तथा कार्यक्रम तर्जुमा गर्न

काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटेको छ। कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्ने तयारी भइरहेको बताइन्।

‘विषयगत समितिहरुको बैठकबाट चालु आवको समीक्षा र आगामी आवको कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणलाई सङ्कलन गरी ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संसाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ’, उनले भनिन्।

योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मङ्सिरबाट सुरु हुने उपप्रमुख डङ्गोलले बताइन्। विषयगत क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो।

उक्त काम विषयगत विभाग, महाशाखा र शाखाले मङ्सिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार