धनगढीः हास्य कलाकार जहित बुढाले सुदूरपश्चिममा पहिलो पटक उच्च क्वालिटीको क्यामेरा भित्र्याएका छन् । कैलालीको अत्तरियाका बुढाले सुदूरपश्चिममा सोनी अल्फा ‘A1 8k’ फ्लैगशिप मिरर लेस मुभी क्यामेरा भित्र्याएका हुन ।
करिब २० लाखको लगानीमा क्यामेरा ल्याइएको हास्य कलाकार बुढाले बताए । उनले भिडिओ क्वालिटी धेरै राम्रो रहेको र अब ठुलो पर्दाको मुभी पनि सुदूर पश्चिम बाट खिच्ने सोचका साथ क्यामेरा भित्र्याएको बताए ।
कृष्ण जन्माष्टमीको दिन अवसर पारेर क्यामेराको उद्घाटन समेत गरिएको छ । जानकी मन्दिर धनगढीमा एक कार्यक्रमका बीच क्यामेराको उद्घाटन गरिएको हो ।
सो कार्यक्रममा सहभागी वरिष्ठ कलाकार राजकुमार जोशी, नृत्य निर्देशक भीम विष्ट (अछामी रेखा), नृत्य निर्देशक रमेश बिजुली, ड्रोन पाइलट तथा क्यामेरा मेन प्रकाश नागरी, कलाकार भूपी उपाध्याय, हेमन्त भट्टराई , गुणाकर पनेरु, मेगा भट्ट ,पुष्पा बडेला, कला प्रेमी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।