धनगढी : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखाले आफ्ना मृतक ग्राहकका परिवारलाई ७ लाख बढीको चेक हस्तान्तरण गरेको छ ।
गंगा किसान महिला विकास केन्द्रकी सदस्य संगीता चौधरीको मृत्यु पश्चताप श्रद्धाञ्जली सभाको आयोजना गर्दै सुविधा स्वरूप किसान सहकारीले सो रकम हस्तान्तरण गरेको हो ।
श्रद्धाञ्जली तथा सुविधा रकम वितरण कार्यक्रममा मृतक संगिता चौधरीका श्रीमान् मनोज चौधरीलाई सुपरिवेक्षण विभाग प्रमुख प्रकाश कुमार बिसीले ७ लाख १९ हजार ३ सय ७९ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
मृतक चौधरीले सो संस्थाबाट २ लाख पचास हजार ऋण लिएकी थिइन । यद्धपी चौधरीको मृत्यु भए पछि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उनको २ लाख ३३ हजार ऋण समेत मिनाहा गरेको छ ।
मृतक चौधरीका चौधरीका श्रीमान् ले चेक ग्रहण गर्दै सहकारी संस्थामा आबद्ध हुनु धेरै राम्रो रहेको बताएका छन् । उनले दुःखद घडीमा किसान बहुउद्देश्यीय सहकारी संस्थाले घाउमा मलम पट्टी लगाएकोमा धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । साथै उनले सो पैसा छोराको भविष्य उकास्नमा खर्च गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।