हेलो मार्टको तेस्रो शाखा अत्तरियामा सञ्चालन

पूर्वमन्त्री भट्टद्धारा उद्घाटन, अर्काे शाखा लम्कीमा खुल्दै

हेलो मार्टको तेस्रो शाखा अत्तरियामा सञ्चालन

धनगढी : हेलो मार्टको तेस्रो शाखा अत्तरियामा सञ्चालन भएको छ । शुक्रबार मार्टकोे नेकपा एमाले केन्द्रिय सचिव पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले रिवन काटेर उद्घाटन गरेसंगै मार्ट सञ्चलनमा आएको हो ।

मार्टको उद्घाटनपछि पूर्व मन्त्री भट्टले सफलताको शुभकामना दिँदै मार्टले समाजमा सकारात्मक सन्देश दिएको बताए । राजनीति संगै व्यवसाय गर्नु पर्ने र यसले मानिसलाई आत्मनिर्भर बताउने भट्टले बताए । उनले भने ‘समाजमा अहिले राजनीति बदनाम भएको छ । राजनीति गर्नेहरुको आय स्रोत के हुन्छ ? भन्ने खालका समाजमा प्रश्नहरु उठि रहेका हुन्छन । यो मार्टले राजनीति गर्नेहरुको आय स्रोत व्यापार व्यवसाय हुन्छ भन्ने जवाफ दिएको छ ।

त्यस्तै मार्टले अन्य पसलको तुलनामा केहि व्यक्तिहरुलाई रोजगारी पनि दिएको उनले बताए । स्थानीय स्तरका उत्पादनलाई पनि बजारीकरण गरेर लैजाने मार्टले योजना बनाएको हुँदा यहाँका स्थानीय किसानहरुको उत्पादनले पनि बजार पाउने र उनिहरुले आफ्नो बस्तुको उचित मुल्य पाउने भट्टले बताए ।

मार्टका दुइ शाखा धनगढीमा सञ्चालन गरिएको छ भने तेस्रो शाखा अत्तरियामा सञ्चान गरिएको हो । आबश्यक पर्ने सबै सामान एकै ठाउँमा पाउने गरी मार्ट सञ्चालन गरिएको छ । अहिलेको अबस्थामा मानिसलाई धेरै समय नहुने र उसले सबै सामान एकै ठाउँबाट खरिद गर्न खोजेको हुन्छ । मार्ट सञ्चालनमा आएपछि अत्तरिया क्षेत्रका मानिसहरुलाई सहज हुने र यहाँको अर्थतन्त्रमा पनि टेवा पुग्ने अपेक्षा गरे सञ्चालक झपट बोहराले बताए ।

सुदूरपश्चिमा सात वटा शाखा विस्तार गर्ने योजना रहेको उनले बताए । एक महिलापछि लम्कीमा पनि अर्काे शाखा सञ्चालन हुने उनले बताए । समाजमा भएका सबै स्थानीय स्तरको उत्पादनलाई पनि प्राथमिकतामा राखेर मार्ट खोलिएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेल्धुरा र अछाममा मार्ट खोल्ने तयारी भइरहेको छ । सुदूरपश्चिममा साता वटा र अन्य ठाउँमा तीन गरी दश मार्ट खोल्ने योजना रहेको बोहराले बताए । व्यवसायको सम्भाव्यता हेरी मार्ट खोल्ने उनले बताए ।
बुधबार धनगढीको चटकपुरमा र बुद्ध चोकमा मार्टको उद्घाटन गरिएको थियो । आज अत्तरिया शाखाको उद्घाटन गरिएसंगै कैलालीमा हेलो मार्टका तीन वटा शाखा सञ्चालनमा आएका छन । मानिसहरुले छोटो समयमै सबै सामान खरिद गर्न चाहेका हुन्छन र त्यो मार्टमा मात्र सम्भब हुने एक सेवाग्राहीले बताए । उनले भने ‘अन्य किराना पसलमा सबै सामान पाउदैन दैनिक उपभोग्य सामान खरिदका लागि धेरै पसल धाउनु पर्छ । अब हाम्रै बजार अत्तरियामा मार्ट सञ्चालन भइसकेपछि हामीलाई धेरै सहज हुने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार