उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी ऐर र जोशी नगद सहित सम्मानित

उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी ऐर र जोशी नगद सहित सम्मानित

धनगढी : सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मातहतका समेत कार्यालयका कर्मचारीको कार्य मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारी लाई नगद सहित सम्मान गरेको छ ।

मंगलवार एक कार्यक्रम आयोजना गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले प्र.ह. खडक बहादुर ऐर र प्र.ज. हेमराज जोशीलाई सम्मान गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहत समेतमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु मध्ये प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्र.ह. खडक बहादुर ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्र.ज. हेमराज जोशीलाई २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस आफ द मन्थ अवार्ड र नगद पुरस्कार प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार