गीति कविता: तिमिले गर्ने मायाको बारेमा, म यहाँ एक्लो हुँदा किन, तिम्रो हाँसो नै हो मेरो

गोबिन्द राज ओझा (राजन)

गोबिन्द राज ओझा (राजन) का तीन गीति कविता : तिमिले गर्ने मायाको बारेमा, म यहाँ एक्लो हुँदा किन, तिम्रो हाँसो नै हो मेरो

  • तिमिले गर्ने मायाको बारेमा

तिमिले गर्ने मायाको बारेमा थाहा भयो
सधैँ सँगै बाच्ने तिम्रो वाचा बन्धन अहिले देखियो

तिमिले गर्ने मायाको बारेमा थाहा भयो
मेरो माया सच्चा र निस्वार्थ हृदय देखी भयो
उनले म सँग बिहेको प्रस्ताव राखेको थिए
कोमल हातहरूले इसारा गरेको थिए

तिमिलाई उपहार दिनको लागि फुल पनि ल्याइयो
तिमिले गर्ने मायाको बारेमा थाहा भयो
सयौँ जुनी नछुटिने कसम खाएका थियौ
यो मनको चाहमा तिमि रहेकी थियौ

तिमिले गर्ने मायाको बारेमा थाहा भयो
सधैँ सँगै बाच्ने तिम्रो वाचा बन्धन अहिले देखियो
यो दुनियाँमा प्रेम भन्ने शब्द ईश्वरको वरदान रहेछ
दिलको गहिराई बाट चाह हुँदो रहेछ

हाम्रो माया प्रेममा ईश्वरले सधैँ साथ दिन्छन्
तिमिलाई भेट्न भनी यी आँखाले बाटो हेर्छन्
तिमिले गर्ने मायाको बारेमा थाहा भयो
सधैँ सँगै बाच्ने तिम्रो वाचा बन्धन अहिले देखियो ||

  • म यहाँ एक्लो हुँदा किन

म यहाँ एक्लो हुँदा किन मन रुन्छ
एक्लो बस्दा यो मनमा किन डर लाग्छ

य डरले मन मेरो कता तिर भाग्छ
किन यो मन कहिले रुन्छ कहिले हाँस्छ
आफैलाई फर्की हेर्दा कस्तो कस्तो लाग्छ
उनलाई खोजिरहूँ जस्तो लाग्छ यादमा मन रुन्छ

अगाडि सार्न लागेका पाइला पछाडि सरे जस्तो लाग्छ
म यहाँ एक्लो हुँदा किन मन रुन्छ
भन तिमि म के गरूँ, यो मेरो मनलाई कसरी शान्त बनाऊ
यहाँ एक्लो बस्दाको डर यो मनबाट कसरी हटाऊ

  • तिम्रो हाँसो नै हो मेरो

तिम्रो हाँसो नै हो मेरो खुसी भनेको
तिम्रो मुस्कान नै हो मेरो जिन्दगी भनेको

तिमि हास प्रिय मेरो अनुहारमा खुसी आउँछ
म देखि टाढा नजाऊ तिमि यो मन रुन्छ
तिमि यो ठाउँमा आऊ मेरो दिलले भन्छ
तिमि हाँस्दा तिमि सँगै मेरो मन हाँस्छ

मेरो बारेमा गीत बनाई गाउनेछौ होला
भावना बगेर मन भित्र चित्र बनाउँछौ होला
तिमि आऊ, मेरी मायालु तिमि आऊ
मन्द मुस्कान छरेर एकपल्ट हाँसिदेऊ

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार