एसपीए पढेर बैंकर बनेका विद्यार्थी !

बैंक पिच्छे भेटिन्छन् एसपीएका विद्यार्थी

धनगढी : चित्रान्जन चन्द मेघा बैंक धनगढी शाखामा सिनियर असिस्टेन्टका रुपमा रिलेसनसिप अफिसर पदमा कार्यरत छन् । उनी एसपीए कलेजबाट स्नातक (२०७१) र स्नातकोत्तर (२०७५) पासआउट हुन

आफ्नो करिअर विकासमा कलेजको भूमिका अहम रहेको उनी बताउँछन् । सरहरुको गाइडेन्स र मिहिनेतले आफूले बैंकिङ करिअर पूरा गर्न पाएको उनले बताए ।

‘करिअर सेपअप गर्न कलेजको भूमिका महत्वपूर्ण रह्यो,’ उनले भने, ‘हामीलाई तयारी गर्नेक्रममा आवश्यक सुझाव सल्लाह देखि कलेजमा आवश्यक पर्ने सबै कुराहरुमा सरहरुले हेल्प गर्नुभयो ।’

यस्तै एसपीएका पूर्व विद्यार्थी दीपेन्द्र अवस्थी राष्ट्रिय वाणिज्य बैंकमा सहायक प्रबन्धक पदमा कार्यरत छन् । उनीजस्तै धनगढी हरेकजस्तो बैंकमा एसपीएका विद्यार्थीहरु कार्यरत छन् । धनगढीमामात्रै दुई दर्जन बढी विद्यार्थीहरु विभिन्न बैंकमा कार्यरत रहेका छन् ।

ग्लोबल आईएमई बैंकमा गणेश बहादुर खडायत, नेपाल बैंक लिमिटेडमा कुशल खड्का, राष्ट्रिय वाणिज्य बैंकमा मनिषा जोशी, पूर्णसिंह ऐर सिद्धार्थ बैंकमा, कृष्णा जोशी कुमारी बैंकमा कार्यरत छन् ।

त्यसबाहेक चक्र कुन्जेडा र महासिंह कुन्जेडा कृषि विकास बैंक, शान्ति जोशी र महेश्वरा बोहरा नेपाल बैंक लिमिटेड, तेजु रोकाया सिभिल बैंक, हेम रोस्यारा एभरेष्ट बैंक, लक्ष्मी महतरा एनआइसी एसिया, अनिल शाही एनसीसी बैंकमा कार्यरत छन् ।

उनीहरुसँगै दिनेश ओझा ग्लोबल आईएमई बैंक, सुनिल पडाल सिद्धार्थ बैक, हरी बुढा कृषि विकास बैंक, श्वेता थापा एभरेष्ट बैंक, आश्मा श्वार नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत छन् ।

त्यसबाहेक एसपीएमा विद्यार्थीहरु दिव्या अधिकारी, हेमराज ओझा, ललित भट्ट, राहुल अहिर, सुदीप जोशी, कैलाश भण्डारी, शम्भु अवस्थी, बसन्ती भण्डारी पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् ।

एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले धनगढी तथा आसपासका बैंक तथा वित्तीय संस्थाहरुमा पाइलापिच्छे एसपीएका विद्यार्थी भेटिनु संस्थाका लागि गर्वको कुरा भएको बताए ।

‘म यहाँका जुनसुकै बैंकमा गएपनि हाम्रा विद्यार्थीहरु भेटिनुहुन्छ । हार्दिकभावले प्रस्तुत बन्नुहुन्छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितताका लागि काम गरिरहेको छ । त्यसैको उदाहरण यो हो ।’

बैंक तथा वित्तीय संस्थासँगसँगै एसपीएका बीएचएमका विधार्थीहरु दुबई, बहराईन, भारतलगायत नेपाल विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् । त्यसबाहेक यहाँका शैक्षिक संस्थाहरुमा एसपीएमै बीएड र एमएड गरेको शिक्षकहरु, सरकारी कार्यालयमा एसपीएका विद्यार्थीहरु भेटिनु संस्थाका लागि गर्वको कुरा भएको उपाध्यायले बताए ।

एसपीएले आफ्ना विद्यार्थीहरुलाई पढाईसँगसँगै करिअर अघि बढाउँन नबिल एसईई कार्यक्रम लागु गरेको छ । नबिल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुलाई उद्यमशील बनाउँन उक्त कार्यक्रम लागु गरिएको हो ।

यस्तै विद्यार्थीहरुलाई रुचि अनुसारका क्षेत्रमा सहयोग गर्ने उदेश्यले कलेजले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो। एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन्। सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन्। आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ। टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार