धनगढीको ‘एनडब्लुए’ द्वारा विद्यार्थिहरुलाई प्राविधिक विश्लेषण सम्बन्धी एक दिने तालिम प्रदान 

धनगढीको एनडब्लुए द्वारा विद्यार्थिहरुलाई प्राविधिक विश्लेषण सम्बन्धी एक दिने तालिम प्रदान 
तस्बिर: सुमित

धनगढी : धनगढीको नेपाल वस्टर्न म्यानेजमेन्ट ईन्जीनियरीङ कलेजले जेठ २६ गते शुक्रवार धनगढीमा आफ्ना बिद्यार्थीहरु का लागी एक दिने प्राविधिक वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कलेजले म्यानेजमेन्ट संकायमा अध्ययनरत करिब २ सय बिद्यार्थीहरुलाई एक दिने प्राविधिक वर्कसप कार्यक्रम मार्फत प्राविधिक विश्लेषण सम्बन्धी तालिम प्रदान गरेको हो । भने कार्यक्रममा प्रमुख प्रशिक्षक मिलन कुमार नेपाली रहेका थिए ।   

यस्तै, सोही कार्यक्रममा बिद्यार्थीहरुको व्यक्तित्व विकास, करियर म्यानेजमेन्ट र करियर काउनसिलीङ्ग सम्बन्धी विभिन्न ज्ञान तथा प्रशिक्षण समेत बिद्यार्थीहरु लाई सिकाइएको जनाइएको छ । 

नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेज धनगढीका बिबिए सङ्काय प्रमुख  सुमित पन्तका अनुसार कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न अन्य अतिरिक्त क्रियाकलापहरू समेत गर्दै आएको छ । भने कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने सहभागी विद्यार्थी तथा प्रक्षिकहरु लाई धन्यवाद ज्ञापन गरेका छन् । 

यसका साथै, धनगढीको नेपाल वस्टर्न म्यानेजमेन्ट ईन्जीनियरीङ कलेजले युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्राइभेट लिमिटेड सँग (एमोयु) सम्झौता गरी जस अन्तरगत कलेजमा अध्ययनरत विद्यार्थीहरू का लगी इन्टर्नसिप र रोजगारीको समेत सुविधा प्राप्त गर्न सक्ने क्याम्पसका शैक्षिक निर्देशक भीम चौधरीले जानकारी दिए । 

आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने उनले चौधरीको भनाई रहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार