गेटा मेडिकल कलेज नजिकै छाडा पशु चौपायाका लागि टिनको छानो निर्माण

गेटा मेडिकल कलेज नजिकै गौशाला निर्माण

धनगढी: कैलालीको गेटा मेडिकल कलेज नजिकै छाडा पशु चौपायाका लागि टिनको छानो निर्माण गरिएको छ । पशु कल्याण धनगढीको पहलमा गेटा मेडिकल कलेज नजिकै रहेको कान्जी हाउसलाई गौशालामा रूपान्तरण गर्ने प्रयास स्वरूप टिनको छानो मनि गाई गोरुलाई बस्ने व्यवस्था मिलाइएको हो ।

यस अघि पनि पशु कल्याण धनगढीले दाताहरू को सहयोग जुटाई विभिन्न समयमा त्यहाँ रहेका गाई हरूलाई पराल तथा फलफूल गुड खुवाउँदै पशु चौपायाहरूको जीवन जोगाउन प्रयास गर्दै आइरहेको थियो ।

उक्त कार्य गर्न सहयोग गर्ने सबै सहयोग कर्ताहरू लाई पशु कल्याण धनगढीले सदैव यस्तै हौसला, साथ र सहयोगको अपेक्षा सहित विशेष धन्यवाद ज्ञापन गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार