प्रिय विपिन तिमी कहिले फर्किन्छौ ?

प्रिय विपिन तिमी कहिले फर्किन्छौ ?

प्रिय विपिन तिमी कहिले फर्किन्छौ??….
फेरि एक सिजन घुमेर ऋतुराज वसन्त फर्किएको छ
पात झरेर चाउरि परेका जङगलको जवानी फर्किएको छ
प्रदेसिएका कोईलीका सुरिला स्वर हरु फर्किएका छन
ठम्म अडिएर शान्त बसेका हिम नदि हरु फर्किन थालेका छन
चिसो छल्न बेसि झरेका भेडि गोठ हरु आफ्नै गाउँ फर्किएका छन
खेतमा छरेका पसिनाका रत्न घरको भकारिमा फर्किन थालेका छन

   प्रिय विपिन तिमी कहिले फर्किन्छौ??
  नयाँ बर्ष २०८१ को रौनक जागेको छ

तिमी भन्दा ढिलो पञ्जाव गएको श्यामे फिर्ता घर पुगि सकेको छ
काठमाडौं पढ्न गएको शँकर नयाँ बर्षका लागि गाउँ फर्किएको छ
साथि सङ्गी छर छिमेक युवा युवती सब्बै गाउँमै फर्किएका छन
तिमी चढेर गएको कतार ऐयरवेज कयौंपटक काठमाडौं फर्केको छ
तर तिमी अझै फर्केको छैनौ फर्कने खवर पनि पठाउदैनौ
विपिन तिमी कहिले फर्किन्छौ भन्ने प्रश्न सब्बै सँग छ
तर उत्तर केवल तिमी बाहेक अरु कसै संग पनि छैन

नयाँ बर्ष पनि आई सकेको छ तिमी अझै आएको छैनौ
उत्तर भन त प्रिय विपिन तिमी कहिले फर्किन्छौ??

सारा सुदुर पश्चिम ले तिमी गाउँमै फर्केको हेर्न चाहेको छ
बसन्त मा पनि बर्षात बनेकी तिम्री आमाले तिम्रो बाटो कुरेको छ
नयाँ बर्षको उल्लासमा बिक्षिप्त तिम्रो बुवाले तिमीलाई पर्खेको छ

    प्रिय विपिन तिमी कहिले फर्किन्छौ ??
    नयाँ बर्ष २०८१ लागि सकेको छ।।।

- प्रकाशित शब्द राजेन्द्र भट्टका हुन् ।

यो पनि एकान्त …

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार