SKIP THIS

S.P.A  Collage

दुबई अन्तर्राष्ट्रिय होटेलमा धनगढीको ‘एनडब्लुए’ कलेजका विद्यार्थीले पाए रोजगारी

धनगढीको नेपाल वेस्टर्न  एकेडेमी (एनडब्लुए) कलेजका दुई विद्यार्थीलाई दुबई को अन्तर्राष्ट्रिय होटेलमा रोजगारी मीलेको छ ।

धनगढी : धनगढीको नेपाल वेस्टर्न  एकेडेमी (एनडब्लुए) कलेजका दुई विद्यार्थीलाई दुबई को अन्तर्राष्ट्रिय होटेलमा रोजगारी मीलेको छ । पोखरा विश्वविद्यालयबाट व्याचुलर अफ होटेल म्यानेजमेन्ट  कार्यक्रमबाट सम्बन्धन प्राप्त सुदूरपश्चिमकै पहिलो यस (एनडब्लुए) कलेज मा अध्ययनरत विद्यार्थी अभिसेक कार्की र शैलेन्द्र सिंहले संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय होटेलमा रोजगारी मिलेको हो ।

नेपाल वेस्टर्न एकेडेमीले व्याचुलर अफ होटेल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरू लाई  निरन्तर दुवै, मलेसिया थाईल्याड, बहराई, युएई, चिन, आदि देशमा इन्टर्नसिप तथा रोजगारीको अवसर प्रदान गर्दै आइरहेको छ । सोही प्रतिबद्धता अन्तरगत कार्की र सिंहले पनि रोजगारी प्राप्त गरेका हुन् ।

विगत लामो समय देखिन माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नका लागि  होटेल म्यानेजमेन्ट  कार्यक्रम सञ्चालन गर्दै आइरहेको यस कलेजमा यस कलेजले रोजगारी प्राप्त गर्ने दुवै जनालाई बधाई दिनुका साथै उज्ज्वल भविष्यको कामना समेत गरेको छ ।

साथै यस कलेजमा यस  वर्षमा पनि व्याचुलर अफ होटेल म्यानेजम्यान्ट  र बिबिए र बिआई कार्यक्रममा नयाँ भर्ना खुलेको नेपाल वेस्टर्न कलेजले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार