टिकटकबारे पुनःविचार हुन्छ, अन्य सामाजिक सञ्जाल नियमनका लागि विधेयक आउँदै छ : प्रधानमन्त्री प्रचण्ड

टिकटकबारे पुनःविचार हुन्छ, अन्य सामाजिक सञ्जाल नियमनका लागि विधेयक आउँदै छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकबाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने बताएका छन्।  सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति पुनर्विचार हुने बताएका हुन्। 

साथै, उनले सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको पनि बताए। ‘अन्य सामाजिक सञ्जाल केही हुँदैन। नियमनका लागि विधेयक आउँदै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकटकबारे पनि पुनःविचार हुन्छ।’

साथै, उनले अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्ने राय आएमा आफू तयार भएको समेत बताए। टिकटकबारे हरेकजसो राजनीतिक दलका बैठकमा कुरा हुने गरेको र सबैभन्दा बढी प्रतिपक्षी दलबाट कुरा आउने गरेको पनि सुनाए। 

‘कांग्रेस सभापति पनि कहिले बन्द गर्ने भनेर हरेक दिन सोध्ने मलाई पनि केही गर्नुपर्छ भन्ने त लागिरहेकै थियो परिवार समाज सबैतिर हैरान देखिन्थ्यो सबै खुसी नै देख्छु एउटा तरंग आएको छ। बन्द गरिहाल्नुपर्ने थियो र गरियो,’ प्रधानमन्त्री प्रचण्डले भने। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार