एक हप्ता भित्र जोखिममा रहेका बालबालिकाको तथ्याङ्क अद्यावधिक गर्ने

एक हप्ता भित्र जोखिममा रहेका बालबालिकाको तथ्याङ्क अद्यावधिक गर्ने

बझाङ : बित्थाड्चिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पुर्ण बालबालिकाको तथ्याङ्क अद्यावधिक गर्ने प्रतिबद्धताको घोषण गरेको छ । यो सँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट विनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरूको लागि पालिकाले प्राथमिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालीकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निःशुल्क व्यवस्था मिलाउने लगाएको ४ बुद्ध प्रतिबद्धता गरिएको हो ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागिता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो । बैठकमा रूपान्तरण अभियान सञ्चालन भइरहेको वडा न २, ४, ५ र ६ मा सहभागी बुवा आमा गुमाएका, अपांगता भएका १० जना बालबालिकाको सहभागिता रहेको थियो ।

बैठकमा बालबालिकाहरूले आफूहरूलाई पठान पाठन सामाग्री आवश्यक रहेको बताए थिए भने बालबालिकाको मागलाई सम्बोधन गर्दै वडा न ४ का वडाध्यक्ष कलक बहादुर बोहराले कुनै पनि बालबालिका संरक्षणबाट वञ्चित नहुने गरी योजना तर्जुमा गर्ने र बजेट विनियोजन गर्ने बताउनु भयो ।

त्यस्तै वडा न ५ का वडाध्यक्ष अनिल सिंह महरले आफ्नो कार्यकालको पहिलो वर्षमा जोखिममा रहेको बालबालिकाको तथ्याङ्क सङ्कलन गरी आवश्यक योजना तयार गर्ने बताउनु भयो । त्यस्तै वडा न २ का कार्यवाहक वडाध्यक्ष मान बहादुर बोहराले विगतको भन्दा फरक तरिकाले बालबालिकाको क्षेत्रमा काम गर्ने बताउनु भयो ।

बैठकमा विषय बस्तु माथि प्रकाश पार्दै बासका रूपान्तरण सहजकर्ता राजेश्वरी भट्टराईले रूपान्तरणमा सहभागी केही बालबालिकालाई संरक्षणको निकै जरुरी भएकोले स्थानीय सरकारबाट सहयोग हुनु पर्ने बताउनु भयो । २२ जनाको सहभागिता रहेको बैठकको सहजीकरण बासका कार्यक्रम अधिकृत रवीन्द्र बोहराले गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार