भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी : नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् । उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन् ।

फाउण्डेसनमा रहेका वेसहारा महिलाहरुलाई सहयोग गर्दै उनले खाना समेत खुवाएकी छन । आज मात्रै उनका नाति नित्यान्तको ब्रतबन्ध गरिएको हो ।

दृष्टि फाउण्डेसनमा आश्रित ८० जना महिलाहरुलाई भट्टले खाना खुवाएकी छिन् । उनले आफ्नो तर्फबाट दृष्टि फाउण्डेसनलाई गर्न सकिने सहयोग गर्न पनि तयार रहेको बताईन् ।

भट्ट लामो समयदेखि नेपाली काग्रेंसको राजनितिमा सक्रिय रहदै आएकी छिन् । उनले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएकी छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार