फेसबुकमा प्रोफाइल फोटो राख्दा के कुरामा ध्यान दिने, कहिले परिवर्तन गर्नु राम्रो ?

फेसबुक प्रोफाइल फोटो

प्रोफाइल फोटो राख्दा के कुरामा ध्यान दिने ?

– उच्च गुणस्तरको फोटो राख्ने, विशेषगरी तपाईंको अनुहार फोकस भएको फोटो राख्दा राम्रो ।

– तपाईंको अनुसार प्रस्ट देखिने फोटो राख्नुहोस् ।

– मधुरो, धेरै चम्किलो वा धमिलो फोटो नराख्नुहोस् ।

– उत्तेजक बनाउने वा तपाईँको व्यक्तित्वबारे धेरै कुरा प्रस्ट पार्ने फोटो नराख्नुहोस् ।

समग्रमा प्रोफाइल पिक्चर तलका अवस्थामा परिवर्तन गर्दा उपयुक्त हुन्छ

हरेकले आफ्नो प्रोफाइल फोटो आकर्षक बनाउन खोजिरहेका हुन्छन् । विशेषगरी कुनै औपचारिक वा आफूलाई विशेष लागेको फोटो प्रोफाइल फोटोका रूपमा राख्ने प्रवृत्ति छ । कुनै कम्पनीको प्रोफाइल फोटो भने लोगो राख्ने गरिन्छ । लोगो विरलै परिवर्तन हुने कुरा हो । त्यसैले कम्पनीकाे हकमा पनि प्रोफाइल पिक्चर विरलै परिवर्तन हुने गरेको पाइन्छ ।

– तपाईंको शारीरिक आवरणमा परिवर्तन हुँदा (जस्तै कपाल काटेको बेला, तौल घटेको वा बढेको अवस्था वा त्यस्तै कुनै परिवर्तन भएमा)

– विशेष अवसर जस्तै; बिहे, जन्मदिन, ग्य्राजुएट हुँदा, वा उपहार तथा सम्मान पाएको पल कैद गर्न उक्त फोटो प्रोफाइलका रूपमा राख्न सक्नुहुन्छ ।

– नयाँ संस्थामा काम गर्दा वा आफूले आफ्नो व्यवसाय परिवर्तन गरेको अवस्थामा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

– आफ्नो अहिलेको इच्छा वा व्यक्तित्व दर्साउने प्रोफाइल फोटो अपडेट गर्न सक्नुहुन्छ ।

हरेक वर्ष प्रोफाइल फोटो परिवर्तन गर्नु कीन राम्रो ?

मानव शरीरमा हरेक सेकेन्ड सूक्ष्म परिवर्तन भइरहेको हुन्छ । यी परिवर्तनलाई वर्षभरको हिसाब गर्ने हो भने तपाईंको शरीरमा प्रस्ट देखिने कुनै परिवर्तन पक्कै भएको हुन्छ ।

त्यसैले हरेक वर्ष सामाजिक सञ्जालको फेसबुक प्रोफाइल परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

जतिबेला तपाईंलाई प्रोफाइल फोटो परिवर्तन गर्ने इच्छा हुन्छ, त्यही बेला परिवर्तन गर्न सक्नुहुन्छ

प्रोफाइल पिक्चरलाई लिएर फेसबुकले त्यस्तो कुनै नीति वा नियम बनाएको छैन ।

त्यसैले तपाईंलाई जतिबेला फोटो परिवर्तन गर्न इच्छा लाग्यो, त्यतिबेला परिवर्तन गर्न सक्नुहुन्छ । यता फेसबुकले भने तपाईंका पुराना प्रोफाइल फोटो भण्डारण गरेको हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार