स्वस्तिक अस्पताल र कुमारी बैङ्क बिच उपचार सेवामा छुट हुने गरी सम्झौता

स्वस्तिक अस्पताल र कुमारी बैङ्क बिच उपचार सेवामा छुट हुने गरी सम्झौता

धनगढी : कुमारी बैङ्क लिमिटेड सुदूरपश्चिम प्रदेश र धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) बिच सम्झौता भएको छ । बैकमा कार्यरत कर्मचारीहरूले स्वस्तिक अस्पतालमा उपचार गराउँदा सेवामा छुट प्रदान गर्ने गरी आइतबार अस्पताल र बैक बिच सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि का अध्यक्ष महेश राज जोशी र कुमारी बैङ्क लिमिटेडका तर्फबाट बैकका प्रदेश प्रमुख नवीन मुनि बज्राचार्यले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता सँगै सुदूरपश्चिम प्रदेश भरी रहेका कुमारी बैङ्कका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूले स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा उपचार गराउन आउँदा जुनसुकै प्रकारको अपरेसनमा १० प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष महेशराज जोशीले जानकारी दिनुभयो ।

यस्तै, छुट सेवा प्रदान गरेकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै बैङ्कका प्रदेश प्रमुख बज्राचार्यले यो सम्झौता सँगै स्वस्तिक अस्पताल धनगढी कुमारी बैङ्कको हस्पिटालीटी पार्टनर भएको बताउनु भयो ।

कुमारी बैङ्कका कर्मचारीहरूले यस छुट सेवा बारे थप जानकारी र अन्य प्रावधानहरू बारे थाहा पाउन आफू कार्यरत शाखा प्रबन्धक सँग सम्पर्क गर्न पनि बैङ्कले आग्रह गरेको छ ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो(तातो (एसी) जडित संरचनाबाट सेवाहरू प्रदान गरिँदै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा सँगै विभिन्न प्रकारका सुविधा सम्पन्न क्याबिनको व्यवस्था गर्दै मानव स्वास्थ्यमा आउने हरेक समस्याको निदान गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार