आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’मा वर्षा राउतको गज्जब अभिनय

काठमाडौँ । गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’लाई उक्त गीतको टिम र केही पत्रकारहरुको सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । कार्यक्रममा ‘पिरिम नलगाउने’लाई झण्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पुर्व नै छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौंमा लकडाउन केही खुकुलो हुदाँ सिमित पत्रकारहरुको विच कार्यक्रम सम्पन्न भएको हो ।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत ‘पिरिम नलाउने’लाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन् ।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ‘पिरिम नलाउने’कै संगीतकार दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीत तथा भिडियोमा प्रायः ‘पिरिम नलाउने’ कै टिमको सहभागीता रहेको छ । गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ । sutranews

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार