राप्रपा चितवनद्धारा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

चितवन ।अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो । 

वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनसक्ने भन्दै राप्रपाले विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई आग्रह समेत गरेको छ  ।

साथै हाल परिरहेको बर्षाका कारण चितवन जिल्ला लगायत छिमेकी जिल्लाहरुमा रहेका खोलाहरुको जलस्तर बढ्नगई बाढीका कारणले हुने जनधनको क्षती न्युुनीकरण गर्न, सतर्क तथा सुुरक्षित स्थानमा बस्न पाटी अध्यक्ष रुद्रप्रसाद ढकालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

बाढी पहिरोको क्षती न्युुनीकरण गर्दै पीडितहरुमा यथासक्य चाँडो राहतको व्यवस्थापन गर्न स्थानिय प्रशासन तथा स्थानिय निकायलाई आग्रह गरिएको छ । विपदको घडिमा स्थानिय क्षेत्रमा उद्धारमा जुटन पार्टी जिल्लाकार्य समिती, क्षेत्रीय कार्य समिति, नगर कार्य समिति, वडा कार्य समिति, भातृ संगठन एवं सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई स्थानिय निकाय संग समन्वय गरि मानविय सेवामा खटिन राप्रपाले निर्देशन समेत दिएको छ ।कालिका न्युज बाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार