गोदावरी नगरपालिका ५ गेटामा रहेका चार पसलमा आगलागी

कैलालीको गेटामा रहेका चार पसलमा आगलागी

धनगढी– कैलालीको गेटामा रहेका चार पसलमा आगलागी भएको छ। गोदावरी नगरपालिका ५ गेटामा रहेका चार पसलमा आगलागि भएको हो। आगलागीबाट गेटा आँखा अस्पताल अगाडी रहेका चार वटा पसलमा क्षती भएको हो।

बिद्युत सर्ट भएर आगलागी हुँदा एक होटल र तीन किराना पसलमा क्षती भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए।

केशब बोहराको चिया नास्ता पसल, जगदिश चौधरी, रमेश चौधरी र शिवचरण रानाको किराना पसल जलेर नष्ट भएको विष्टले बताए।

आज बिहान साढे ४ बजे अगालागी भएको उनले बताए। गोदावरी नगरपालिकाको दमकल र गेटामा रहेको प्रहरी बिटबाट खटिएको प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार