आइतबार थप बैतडीका ४ जनामा कोरोना पुष्टि, को हुन संक्रमित ?

बैतडीमा कोरोना

बैतडीः बैतडीमा आइतबार थप चार जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनाको हनुमानध्वज गुल्ममा कार्यरत एकजना ३६ बर्षीय पुरुष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना ३५ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का २२ बर्षीय पुरुष र सुर्नया गाउँपालिका ३ का २३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

नेपाली सेना र प्रहरीका संक्रमित दुवै जना आइसोलेसनमा छन् भने दशरथचन्द नगरपालिका ९ का संक्रमित पुरुष र सुर्नया गाउँपालिका ३ का संक्रमित पुरुष होम आइसोलेसनमै बसीरहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । आइतबार संक्रमण पुष्टि भएका चारै जनाको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । आइतबार थप चारजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४८४ पुगेको छ । ४८४ संक्रमित मध्ये १६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

४६७ जनाले कोरोना जितेका छन् भने १ जनाको मृत्यु भईसकेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ८, पाटन नगरपालिकामा ६ र सुर्नया गाउँपालिकामा २ जना रहेका छन् । जिल्लाका ७ ओटा स्थानीय तहमा सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार