देउडा गायक भन्छन्, ‘की बोर्डको भरमा कलाकारिता भइरहेको छ, सरकार बैगुनी निस्कियो ?’ [अन्तरवार्ता]

'देउडा सुदूर र कर्णाली बाहिर फैलिएको छैन'

देउडा गायक भन्छन्, ‘की बोर्डको भरमा कलाकारिता भइरहेको छ, सरकार बैगुनी निस्कियो ?’ [अन्तरवार्ता]

धनगढीः अछामी बड्डोको नामले परिचित कलाकार लालबहादुर धामीलाई देउडा गायनको २५ वर्षे उतारचढावपछि हिजोआज गीत गाएर भविष्य छैन जस्तो लाग्न थालेको छ ।

४० को संघार टेकेका धामी उसो त देउडाकै बलमा जीविकोपार्जन गरिरहेका छन् तर पनि उनलाई देउडा गायकले पाउनुपर्ने सामाजिक सम्मान र आर्थिक पारिश्रमिक समयानुकूल हुन नसकिरहेको हुँदा उदेक लागेको छ ।

‘देउडा त गाउँछ भन्ने किसिमले मान्छेले बुझ्छन् र हेर्छन्’ २ सय ५० भन्दा धेरै गीत गाइसकेका धामी भन्छन्, ‘देउडा संस्कृति संरक्षणका लागि काम गरिरहेको भनेर सम्मान गर्ने परिपाटी नै छैन ।’

राज्यले दिने सम्मानका लागि फाराम भर्नुपर्ने नयाँ जमाना आए पनि २ दशकअघिकै पारिश्रमिक पाइने जमाना नगएकोमा उनी बिरक्तिएका पनि छन् ।

तर, पनि उनले आफ्नो देउडा यात्रालाई भने जारी राख्ने प्रतिबद्धता छोडेका छैनन् । ‘अछामी बड्डो’ गीतबाट देउडा गायनको संसारमा चर्चामा आएका धामीले अब ‘लाल्या आयो डिस्कोमा’ शीर्षकको नयाँ कोसेली प्रस्तुत गर्दै छन् ।

तीजपछि सार्वजनिक हुने उनको प्रस्तुति हास्यपरक फ्युजन गीत हो । यो गीत रिलिज भएपछि फेरि एक पटक आफू चर्चामा आउने उनको आशा छ । यो गीतको भिजुअलमा पनि उनी अछामी बड्डोकै गेटअपमा देखिने छन् ।

स्नातकोत्तर डिग्रीधारी धामीको नयाँ पुस्तासँग गुनासो र प्रशंसा दुवै छ । देउडालाई फ्युजनमार्फत देशभर चिनाएर सुदूरपश्चिमका भाषिकाहरूको प्रवर्द्धन गर्न नयाँ पुस्ताले प्रशंसनीय काम गरिरहेको उनको धारणा छ ।

तर, शब्द र शैलीको दुरुपयोग गरेर देउडाको मौलिकता नै नझल्कने गीत बजारमा आइरहेकोमा भने उनी दुःखी छन् । भन्छन्, ‘देउडाको जगमा टेकेर सिर्जना गरिदिए संस्कृति र भाषा दुवैको सेवा हुन्थ्यो ।’

धामी देउडाको आधुनिकीकरणमा लागेको दोस्रो पुस्ताका प्रतिनिधि कलाकार हुन् । उनी आफ्नो पुस्ताले परम्परागत शैलीमा परिमार्जन गरेको, शैली नै नत्यागेको बताउँछन् । ‘अब आउने मेरो गीत फ्युजन अवश्य हो तर देउडाको जगमा उभिएको छ ।’

भारत वा अन्य देशमा प्रादेशिक भाषाको गायनले अन्तर्राष्ट्रिय लोकप्रियता हासिल गरेको भए पनि देउडा भने राष्ट्रिय रुपमैं ओझेलमा परेको उनको ठम्याई छ ।

‘भारतको भाँगडा आधारित सङ्गीत विश्मैं लोकप्रिय छ तर देउडा सुदूरपश्चिम र कर्णालीभन्दा बाहिर फैलन सकेको छैन’ उनी भन्छन् ।

देउडा फैलन नसक्नुमा राज्यकै कमजोरी ठान्छन् उनी । सङ्घीयतापछि पनि प्रदेश सरकारहरू देउडाको प्रवर्द्धनमा उदासीन रहेको उनको अभिमत छ ।

‘की बोर्डको भरमा कलाकारिता भइरहेको छ’ धामीका अनुसार देउडाका आधारभूत र मौलिक बाजाको संरक्षण हुन सकेको छैन । ‘स्टुडियोहरूले मौलिक बाजा बिर्सने अवस्था आइसक्यो’ धामी सोध्छन्, ‘प्रदेश सरकारको ध्यान यता कसले तानिदिने ?’

धामीले, यो अछामी बड्डाे ‘डोटीकी छोर्‍याट्टी’, ‘बड्डो आयो डिजेमा’, ‘ओ मेरा मुसुरकी दाल’, ‘कैले तु छाउ हुदी’लगायत मास्टरकी छोरी देउडा गीत निकै चर्चित छन् । जुम्लाली बडी थुप्रै देउडा गीत गाई सक्नुभएको छ

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार