धनगढीमा २ दिन ‘होली हङ्गामा’ कार्यक्रम हुँदै, रमाउने हैन त रङ्गमा ?

टिकटमा लक्की ड्र मार्फत मोबाइल जित्ने मौका

धनगढीमा २ दिन 'होली हङ्गामा' कार्यक्रम हुँदै, रमाउने हैन त रङ्गमा ?

धनगढी : यही चैत्र ३ र ४ गते कैलालीको धनगढीमा ‘होली हङ्गामा’ कार्यक्रम हुने भएको छ । धनगढी उप-महानगरपालिकाको कार्यालय सँगै रहेको पार्कमा होली पर्वको अवसरमा ‘होली हङ्गामा’ कार्यक्रम आयोजना हुने भएको हो ।

होली आफैमा रङ्गिन चाड हो । अझ रङ्गमा रमाउनेहरू का लागी भने यो अझै रमाइलो पर्व मानिन्छ ।  धनगढीको रक स्टार मिडियाले आयोजना गर्न लागेको ‘होली हङ्गामा’ कार्यक्रममा धनगढीका स्थानीय कलाकारहरू धीर विक्रम सिंह र डिजे कल्पित हमालको प्रस्तुति रहने आयोजक जितेन्द्र रावलले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा सहभागी हुन अथवा अवलोकन गर्न १०० र १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । भने १५० रुपैयाँको टिकटको खरिदमा लक्की ड्र मार्फत एक जना विजेतालाई ३५ हजार मूल्य बराबरको मोबाइल सेट प्रदान गरिने आयोजक मनोज जेठाराले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार