डोटीको शिखरमा ट्याक्टर दुर्घटना: एक जनाको घटना स्थलमै मृत्यु, एक घाइते

डोटीको शिखरमा ट्याक्टर दुर्घटना: एक जनाको घटना स्थलमै मृत्यु, एक घाइते
डोटी : डोटीको शिखर नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको घटना स्थलमै ज्यान गएको छ । आज बिहान कार्की ढुवानी सेवा लेखेको ट्याक्टर दिपायल पुग्न पाँच किलोमिटर यता दुर्घटनामा परेको हो ।
बालुवा बोकेको ट्याक्टरमा दुई जना सवार रहेका थिए । जसमध्ये चालकको घटना स्थलमै मृत्यु भएको छ । भने उनी सँगै ट्याक्टरमा सवार एक जना घाइते भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
घटना स्थलमा नेपाली, सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र म्यादी प्रहरी सहित स्थानीयहरूको उपस्थिति रहेको छ । भने घाइतेको उद्धार कार्य र घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।  घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार