छालाको सुरक्षाका लागि गुलाब जल प्रयोग गर्नु हुन्छ ? नमिसाउनुहोस् यी चार चीज

छालाको सुरक्षाका लागि गुलाब जल प्रयोग गर्नु हुन्छ ? नमिसाउनुहोस् यी चार चीज

गुलाब जल छालाको सुरक्षाका लागि एकदमै धेरै प्रयोग हुन्छ । र यो राम्रो विकल्प पनि हो । तर यसलाई प्रयोग गर्दा पनि तपाईंले केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । नत्र यसको छालामा उल्टो असर पनि पर्न सक्छ ।

आज हामी त्यस्तै केही चीजहरुका बारेमा बताउनेछौं जसलाई गुलाब जलमा मिसाएर लगाउँदा छालामा नराम्रो असर पर्दछ ।

कागतीको रस
कागतीको रस छालाका लागि राम्रो मानिन्छ तर यसमा गुलाब जल मिसाउनु हुँदैन । यी दुवै चीजलाई एकसाथ मिसाएर लगाउँदा छालाको पीएच लेवल बिग्रन सक्छ । जसले गर्दा छालामा नराम्रो असर पर्छ ।

विनेगर
तपाईं विनेगर र गुलाब जल  मिसाएर लगाउने गल्ती पनि नगर्नुहोला । यो मिश्रणको कारणले छालाको पिएच लेवल असन्तुलित हुन्छ जसले गर्दा छाला कालो हुन्छ । गुलाब जलमा कुनै पनि एसेन्शियल ओयलहरु मिसाउनु हुँदैन । यसले छालामा र्‍यासेजहरु आउन स्क्छ । गुलाब जल पानी जस्तो हुन्छ । यदी तपाईं यसमा तेल मिसाउनुहुन्छ भने यो राम्रोसँग मिक्स पनि हुँदैन ।

बेकिंग सोडा
त्यसो त कतिपय छालाको स्याहार गर्ने घरेलु उपायहरुमा बेकिंग सोडाको प्रयोग गरिन्छ । तर यसलाई गुलाब जलमा मिसाएर भने प्रयोग गर्नु हुँदैन । जो व्यक्तिहरुको छाला संवेदनशील छ उनीहरुलाई यस्तो मिश्रणले विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

अल्कोहल बेस्ड टोनर
यदी तपाईंले अल्कोहल भएको टोनरलाई गुलाब जलमा मिसाएर लगाउनुभयो भने यसले छाला रुखो बनाउने, पोल्ने तथा अन्य समस्याहरु हुन्छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार