धनगढी जेसिज वर्ष २०२१ को कार्यसमिति चयन, अध्यक्षमा पनेरु निर्वाचित

धनगढी जेसिजको वर्ष २०२१ को कार्यसमिति चयन

धनगढीः धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्बाचित भएका छन् । हिजो भएको निर्बाचनमा कमल पनेरु निर्बाचित भएका हुन् ।

कार्यकारी उपाध्यक्षमा मोहन राज ओझा र लोकराज भट्ट निर्बाचित भएका छन् । उपाध्यक्षमा पदम सिंह बलायर, दीपक बम योगेन्द्र,गणेश शाही, भरत जोशी निर्बाचित भए । महासचिवमा अरुण सिंह, कोषाध्यक्षमा तर्कराज भट्ट र कानुन सल्लाहकारमा मुकुन्द सिंह निर्बाचत भएका छन् ।

धनगढी जेसिजको वर्ष २०२१ को नेतृत्वका लागि कमल पनेरु र सुरज गिरीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्बाचनमा कमल पनेरुको प्यानलका अधिकांश पदाधिकारी निर्बाचित भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार