सुदूरपश्चिम प्रदेश सभा का ३ वर्षः ५३ जना सदस्य, ४२ वटा विधेयक पारित

सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा

धनगढी: सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा भएको छ। २०७४ माघ ७ गते सभा गठन भएको थियो।
यस प्रदेश सभामा ५३ जना सदस्य छन्।

जसमध्ये ३९ जना नेपाल कम्युनिष्ट पार्टीका, १२ जना नेपाली कांग्रेसका र २ जना जनता समाजवादी पार्टीका छन्।प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित सांसद छन्। अरू २१ जना समानुपातिक सांसद छन्।

प्रदेश सभाको हालसम्म सम्पन्न भएका बैठकबाट ४२ वटा विधेयक पारित भएका छन्।यस्तै, ४२ विधेयक प्रमाणीकरण भएका छन्। दुई वटा विधेयक प्रकृयामा छन्।

सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएका विधेयक :

१.प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६,
२. प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,
३. रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६,
४.आ.व. २०७७/७८ को विनियोजन विधेयक
५.सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७
६. सुदूरपश्चिम प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६
७. स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
८.सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
९. साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६
१०. निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६
११. सुदूरपश्चिम प्रदेशको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५
१२. प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५
१३. कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
१४. केही प्रदेश ऐन सशोधन गर्न बनेको विधेयक, २०७६
१५. सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयक, २०७६
१६. सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
१७. सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
१८. सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक, २०७५
१९. प्रादेशिक वातावरण संरक्षण विधेयक २०७५
२०. प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
२१. प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६
२२. प्रदेश सभा ९पहिलो संशोधन० नियमावली, २०७६
२३. प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७५
२४. प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्ने विधेयक, २०७६
२५.आ।व २०७६।७७ को विनियोजन विधेयक
२६. सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन ९पहिलो संशोधन०, २०७५
२७.प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
२८. मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५
२९. प्रदेश कर तथा गैरकर ऐन, २०७५
३०.स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको ऐन, २०७५
३१. मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
३२. प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७५
३३. प्रदेश आकस्मिक कोषको व्यवस्था गर्न बनेको विधेयक, २०७५
३४. विनियोजन विधेयक, २०७५
३५. अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५
३६. जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३७. गाउँ सभा, नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३८. स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३९. स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
४०. सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
४१. विनियोजन विधेयक, २०७५ ९अल्पकालीन०
४२. प्रदेश नं। ७ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४

सुदूरपश्चिम प्रदेश सभामा प्रक्रियामा रहेका विधेयक

१. सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२. प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार