देशभर पछिल्लो २४ घण्टामा २ हजार २१ जनाले जिते कोरोना, सक्रिय संक्रमीतको संख्या कति ?

कोरोना अपडेट नेपाल

काठमाण्डाै: नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सात हजार चार सय ४८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ ।

यस्तै दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । आज देशभर ५४ हजार ४१ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार