पुर्चौंडी नगरपालिकाले जिप भाडामा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने !

महामारीको समयमा नागरिकलाई समस्या नहोस भन्ने चाहना

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिकाले कोभीड संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गर्ने उद्देश्यले दुई जिप भाडामा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

अस्थायी कोभीड अस्पतालबाट रेफर गर्नुपरेका बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउनका लागि जिपहरुलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरेर भाडामा लिइएको नगर उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् । उनले भनिन् ‘आजै पनि एक जना बिरामीलाई आकस्मिक रुपमा डडेल्धुरा पठाउनुपर्यो । हामीले जिप भाडामा लिएर तत्कालै उनलाई डडेल्धुरा पठाएका छौं ।’

नगरपालिकाको पुरानो एम्बुलेन्स मर्मत नहुने भएपछि नगरपालिकाले नयाँ एम्बुलेन्स खरीदको प्रक्रिय अघि बढाएको भएपनि कोभीडकै कारण खरीद गर्न सकिएको छैन् ।

कोरोना महामारीका बेला नगरबासीलाई समस्या नहोस भनेर तत्कालका लागि दुईओटा जिप भाडामा लिएको उपप्रमख बमले जानकारी दिइन् । ‘हामीले एउटा अर्को जिप पनि भाडामा लिने तयारी गरेका छौं । महामारीको समयमा नागरिकलाई समस्या नहोस भन्ने हाम्रो चाहना छ ।’

पुर्चौडी नगरपालिकामा पनि कोरोनाका बिरामीहरुको संख्या बढ्दै गएको छ । अहिले नगरपालिकाका ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार