सुदूरपश्चिममा मतदाता नामावली सङ्कलन गरीदै, आफ्नो पायक पर्ने जिल्लाबाट दर्ता गर्न सकिने

कैलालीमा पनि मतदाता नामावली सङ्कलन गरीदै

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय

धनगढी : स्थानीय चुनावलाई मध्यनजर गरी कैलालीमा मतदाता नामावली सङ्कलन गर्न थालिएको छ । स्थानीय सरकारका पदाधिकारीहरूको पदावधि सकिन लागेकोले ताजा जनादेश अर्थात् नयाँ नेतृत्व चयनका लागी तयारी स्वरूप निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्न लागेको हो ।

कैलाली जिल्लाका १३ वटा स्थानीय तह मध्ये धनगढी उप-महानगरपालिका, टीकापुर र घोडाघोडी नगरपालिकामा पहिले देखी नै मतदान नामावली सङ्कलन भइरहेको मा बाँकी १० वटा स्थानीय तहमा मङ्सिर १७ गते देखी मतदान नामावली सङ्कलन कार्य भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका कम्प्युटर अपरेटर तथा सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले जनताको अमूल्य भोट अधिकारलाई सुरक्षित गर्न १८ वर्ष पुरा भएका नेपाली नागरिकलाई मतदाता परिचय पत्र प्रदान गर्ने गर्दछ । जसका लागी अहिले कैलालीका १० वटा स्थानीय तहमा २ चरणमा मतदाता नामावली सङ्कलन कार्य भइरहेको र सो अन्तरगत ५ वटा टोलीले काम गरिरहेको सूचना अधिकारी चौधरीले बताउनु भयो ।

चौधरीका अनुसार गोदावरी नगरपालिका, कैलारी, बर्दगोरीया, चुरे र जोशीपुर गाउँपालिकामा पहिलो चरण अन्तरगत यही मङ्सिर १७ गते देखी पुस २ गते सम्म मतदाता नामावली सङ्कलन कार्य भइरहेको छ । भने बाँकी रहेका लम्की चुहा, भजनी, गौरीगंगा नगरपालिका, मौहन्याल र जानकी गाउँपालिकामा दोस्रो चरण अन्तरगत पुस ४ गते देखी १८ गते सम्म मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन हुने छ ।

यस्तै, कैलाली जिल्ला बाहिरका नागरिकका लागी (ओ.डी.आर) प्रणालीमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको मा जस अन्तरगत मङ्सिर १७ गते देखी २१ गते सम्म १ सय जनाको नामावली दर्ता गरिसकेका छन् । सो सेवा लिनको लागी मतदाता नामावली दर्ता गर्न चाहने नेपाली नागरिकता प्राप्त नागरिकले  सक्कल नागरिकता सहित नजिकको मतदाता नामावली सङ्कलन कार्यक्रम चलिरहेको स्थान अथवा जिल्ला निर्वाचन कार्यालय मा स्वयम उपस्थित भई मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

कैलाली जिल्लाको हकमा २०७७ पुस ५ गते सम्मको तथ्याङ्क अनुसार पुरुष २ लाख ४९ हजार ८ सय ७२, महिला २ लाख ६० हजार २ सय २७ र तेस्रो लिङ्गी १० जना गरी हाल सम्म ५ लाख १० हजार १ सय ९ जना रहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशभर जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र स्थानीय तहमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था गरिएको छ । भने आफ्नो पायक पर्ने स्थानबाट मतदाता नामावली दर्ता तरी आफ्नो जनप्रतिनिधि चुन्ने अर्थात् भोट गर्ने अधिकार सुनिश्चित गर्न सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार