बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

हिमपात सँगै बढेको चिसोले जनजीवन प्रभावित

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ ।  यहाँका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण सवार यात्रुहरूलाई निकै समस्या भएको छ ।

भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको बताए ।

हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार