मानसिक तथा शारीरिक स्वास्थ्यका लागि एकदमै राम्रो मानिने बदाम एक दिनमा कति खानु स्वस्थकर ?

एक दिनमा कति बदाम खानु स्वस्थकर ?

एजेन्सी । बदाम मानसिक तथा शारीरिक दुवै स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसमा आइरन, पोटाशियम, भिटामिन्सहरु प्रसस्त मात्रामा पाइन्छ । यसले शरीरलाई पोषण दिनुका साथै ऊर्जा पनि दिने गर्छ ।

महिलाहरुलाई महिनावारीको बेला पेट दुखेमा, कब्जियत, पेटका अन्य समस्यामा पनि यसको सेवन गर्नु फाइदाजनक मानिन्छ ।

बदामले मुटु स्वस्थ राख्छ, रक्तचाप तथा कोलेस्ट्रोल पनि बढ्दैन । यदी तपाईंले बदाम नियमित खानुभएको छैन शुरु गर्न चाहनुहुन्छ भने शुरुआतका दिनमा दुई तीनवटा बदाम पानीमा भिजाएर खानुहोस् । यदी तपाईंको पाचन प्रक्रिया सही हुन्छ भने ८–१० दिनपछि दैनिक ५–६ वटा बदाम खान शुरु गर्नुहोस् ।

यदी तपाईंको पाचन प्रक्रिया राम्रो छ, बदाम खाँदा फाइदा भइरहेको छ भने तपाईं १० देखि १२ वटा बदाम दैनिक रुपमा खान सक्नुहुन्छ । त्यस्तो त शारीरिक अवस्थाअनुसार दैनिक २० वटा सम्म बदाम पनि शरीरले पचाउन सक्ने स्वास्थ्य विशेषज्ञहरुको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार