२८ बुदे माग राख्दै संयुक्त बिध्यार्थि संगठनले बुझायो सुप विश्वविद्यालय लाई ज्ञापन पत्र

२८ बुदे माग राख्दै संयुक्त बिध्यार्थि संगठनले बुझायो सुप विश्वविद्यालय लाई ज्ञापन पत्र

सुदूरपश्चिमको शैक्षिक धरोहरको रुपमा रहेको सुदुरपश्चिम विश्वविद्यालयको शैक्षिक लगायत समग्र विकासका लागि विभिन्न बिषयमा सुधार गर्नुपर्ने माग राख्दै सुदूरपश्चिममा क्रियाशिल ०६ विद्यार्थी सङ्गठनहरु ले आज विश्वविध्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।

सुदूरपश्चिम विश्वविद्यालय सङ्ग सम्बन्धित २८ बुदे माग राख्दै मागहरु ०१ महिना भित्र पूरा गर्न ज्ञापनपत्रमा उल्लेख छ। साथै मागहरु प्रति बेवास्ता गरिए विश्वविद्यालयको समग्र हितका लागि संघर्षमा अगाडि बढ्ने ( अखिल क्रान्तिकारी) का केन्द्रीय सदस्य पुष्कर जाेशिले बताए ।

यस्ता छन् मागहरु:

१) कोरोनो महामारीले पठनपाठन बन्द /अस्तव्यस्त भएको छ। विश्वविद्यालयले अनलाईन कक्षाहरु संचालन गरेपनि प्रभावकारी हुन सकेनन तसर्थ तिहार लगत्तै सम्पुर्ण स्वास्थ्य सुरक्षा अपनाएर पहिलो चरणमा कम संख्यामा विद्यार्थी रहेका इन्जिनियरिङ संकाय , विज्ञान संकाय र मानविकी संकायमा तत्काल कक्षा संचालन गरिनुपर्ने साथै शिक्षा र व्यवस्थापन संकायमा समेत आवश्यक स्वास्थ्य सुरक्षाको तयारी गरि पठनपाठन सुचारु गर्नुपर्ने ,

२) केन्द्रीय क्याम्पसमा रहेको पुस्तकालय लाई थप व्यवस्थित गरि पर्याप्त सन्दर्भ सामग्री र पाठयपुस्तकहरु थप्नु पर्ने साथै सम्पुर्ण आङ्गिक क्याम्पसहरुमा रहेका समेत पुस्तकालयहरु समेत व्यवस्थित गर्नुपर्ने ,

३) केन्द्रीय क्याम्पसमा अध्यापन भैरहेका संकायहरुमा संकायगत पुस्तकालय संचालन गर्नुपर्ने ,

४) पुस्तकालयका लागि पुस्तकालय सङ्ग संबंधित B.Lib Sc र M. Lib Sc अध्ययन गरेका कर्मचारीहरु को व्यवस्था गरिनुपर्ने ,

५) केन्द्रिय क्याम्पसमा व्यवस्थित ई-लाईब्रेअरी संचालन गर्नुका साथै अन्य सम्पुर्ण आङ्गिक क्याम्पसहरुमा समेत ई-लाईब्रेअरी को व्यवस्था गर्नुपर्ने ,

६) विज्ञान र इन्जिनियरिङ संकायमा आवश्यक गुणस्तरीय प्रयोगात्मक सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने ,

७) समेस्टर प्रणालीमा अन्तर्गत हुने आन्तरिक मुल्यांकनमा शिक्षकहरु द्वारा मनोमानी र काखापाखाको तरिकाले अङक दिईने हुँदा त्यस्तो कार्यहरू नियन्त्रण गर्नुपर्ने ,

८) विगत केही वर्षयता प्रश्नपत्र निर्माण केन्द्रिय क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुले नै प्रश्नपत्र निर्माण गरिरहेको हुँदा अन्यत्रका विषय विशेषज्ञ बाट प्रश्नपत्र निर्माण गरिनुपर्ने ,

९) विश्वविद्यालयको छात्रावास निर्माण नहुन्जेल सम्म संकायगत रुपमा वैकल्पिक छात्रावासको व्यवस्था गरिनुपर्ने साथै विश्वविद्यालयका सम्पूर्ण आङ्गिक क्याम्पसहरुमा समेत छात्रावासको व्यवस्था गरिनुपर्ने ,

१०) केन्द्रीय क्याम्पसमा रहेको खेल मैदान लाई राष्ट्रिय स्तरका खेलकुद गराउने सक्ने मैदानको रुपमा विकासनिर्माण गर्नुपर्ने साथै आवश्यक खेलकुद सामग्रीको व्यवस्थापन गरिनुपर्ने ,

११) विश्वविद्यालयका दोहोरो प्राध्यापन गर्ने प्राध्यापकहरु निर्देशिका जारी गरि अटेर गर्ने लाई कडा कार्वाही गर्नुपर्ने ,

१२) विश्वविद्यालयको वार्षिक क्याल्याण्डर हरेक वर्ष समयसिमा भित्र जारी गरिनुपर्ने ,

१३) विश्वविद्यालयका सम्पुर्ण गतिविधिहरु ( शैक्षिक , आर्थिक , नितिगत र भौतिक विकास निर्माण ) वेबसाईटमा समय समयमा राखिनु पर्ने ,

१४) विश्वविद्यालयमा भैरहेको भौतिक निर्माणमा भएको ढिलाई , लापरबाही र मापदण्ड विपरीत भएको कामकार्यवाही बारे निर्माणको जिम्मा लिएको निर्माण कम्पनि र विश्वविद्यालय बाट संलग्न सबैलाई छानबिन गरि कार्वाही गर्नुपर्ने ,

१५) विश्वविद्यालय हुने विभिन्न नियुक्तिहरु वरिष्ठताका साथै निष्पक्ष , योग्यता र क्षमताका आधारमा गरिनुपर्ने ,

१६) संबंधित पक्ष सङ्ग यथाशाक्य छलफल गरि कैलाली बहुमुखी क्याम्पस लाई विश्वविद्यालयमा समायोजनको प्रक्रिया छिटो अगाडि बढाउनु पर्ने , १७) विश्वविद्यालयको केन्द्रिय क्याम्पस लगायत सम्पुर्ण आङ्गिक क्याम्पसहरुको शुल्कमा एकरुपता कायम गर्नुपर्ने ,

१८) विश्वविद्यालय द्वारा विभिन्न संकायमा प्रदान गरिदै आएको छात्रवृत्तिमा १० प्रतिशत थप वृद्धि गरिनुपर्ने ,

१९) देश र विदेशका विभिन्न विश्वविद्यालयहरु सङ्गको MOE प्रक्रिया थप अगाडि बढाउनु पर्ने ,

२०) विश्वविद्यालयमा कानुन संकाय थप गरिनु पर्ने , मानविकी संकाय अन्तर्गत जनप्रशासन र स्नातकोत्तरमा अर्थशास्त्र विषय थप्नु पर्ने ,

२१ ) पहिलो चरणमा संभव हुने विभिन्न संकाय अन्तर्गतका विषयहरुमा MPhil र PHD को पठनपाठन सुचारु गरिनु पर्ने ,

२२) विश्वविद्यालयमा अध्ययन गर्ने चाहने विद्यार्थीहरुको लागि शिक्षा र मानिविकी संकायमा प्राईभेट ढंग बाट अध्ययनका लागि वार्षिक पाठयक्रम तयार गरि पठनपाठनको व्यवस्था गरिनु पर्ने ,

२३)विश्वविद्यालयको रजिस्ट्रार र सेवा आयोग अध्यक्षको नियुक्तिका लागी संबंधित निकाय सङ्ग यथाशीघ्र पहलकदमी लिई नियुक्ति गरिनुपर्ने

२४) विश्वविद्यालयको सम्पुर्ण संकायहरुमा पठनपाठन सहज भैसके पश्चात् स्ववियु निर्वाचनको वातावरण तयार गरि स्ववियुको निर्वाचन गराइनु पर्ने ,

२५) विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसहरुमा रहेका विभिन्न भौतिक पुर्वाधार निर्माणका समस्याहरु , शैक्षिक व्यवस्थापनका समस्याहरुका साथै शिक्षक र कमर्चारी समायोजन सङ्ग संबंधित समस्याहरु समाधान गरिनु पर्ने ,

२६ ) विश्वविद्यालयमा आवश्यक शिक्षक र कमर्चारीको व्यवस्थापन सेवा आयोग बाट गरिनु पर्ने ,

२७) विश्वविद्यालय का प्राध्यापक र कर्मचारीहरुले आफ्नो जिम्मेवारी र मर्यादा विपरीत गर्ने राजनीतिक गतिविधीमा रोक लगाईनु पर्ने ,

२८) विश्वविद्यालय लाई सम्पुर्ण रुपले विश्वविद्यालय नियमावली अनुरुप अगाडि बढाईनु पर्ने ,

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार