धनगढीः संचारकर्मी रवि लामिछाने दम्पतीमा कोरोना भाइरस पोजेटिभ देखीएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् ।
उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् । रविले लेखेका छन्, ‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ ।’
उनले अगाडि लेखेका छन्, ‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं । धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं ।’
संचारकर्मी लामिछाने को फेसकुक स्टाटस जस्ताको त्यस्तैः
http://m.facebook.com/story.php?story_fbid=2729279483950873&id=100006065443699