किसान नेता भिमदत्त पन्त : खै उनकाे क्रान्ति “ठुला खान्ना आलु गरिब खान्ना बास्मति”

जसको जोत उसको पोत किसान जिन्दाबाद जनताको राज जिन्दाबाद

किसान नेता भिमदत्त पन्त : खै उनकाे क्रान्ति “ठुला खान्ना आलु गरिब खान्ना बास्मति” समाजवाद किसान आन्दोलनका एक अभियानता किसान नेता हुन भिमदत्त पन्त ।

भिमदत्त पन्तको जन्म वि .सं. १९८३ मंसिर १० गतेका दिन सुन्दर सुदूरपश्चिम डडेलधुरा जिल्लाको कारिगाउमा भएको थियाे । उच्च शिक्षा भारत बाट हासिल गरेका पन्तमा समाज परिवर्तनको क्रान्ति जाग्यो र उनले क्रान्ति सुरु गरे ।

उनका क्रान्तिमा “ठालु खान्ना आलु गरिब खान्ना बास्मति ” उनले गरिवका हकहितका लागि निरन्तर क्रान्ति गरे गरिबहरू का लागि ठुला बडाले कब्जा गरेको लालपुर्जा लिलाम गरेकाहरू फिर्ता लिन थाले ।

“तमसुक च्यात भकारी फोड” पन्तले गरिब किसानहरू को न्यायका लागि सेटहरूले लालपुर्जा लिएर तमसुक बनाई कब्जा गर्नु खाजेका त्यी गरिब परिकारका लागि सेटहरूको बाकस फोडी तमसुक च्यात्ने कदम चालेको थिए ।

“जसको जोत उसको पोत किसान जिन्दाबाद जनताको राज जिन्दाबाद” दलित ,मगर , थारु लागि जोडी सङ्गठन बिस्तार गरेका थिए भिमदत्त पन्तले , उनले ५५० सदस्यीय सैन्य दस्ता समेत तयार पारेका थिए । निडर साहासि ईमान्दार पन्तले २००७ मा काँग्रेसको सङ्गठनमा आबद्ध भए तर उनलाई काँग्रेसको सद्वान्त मन नपरे पछि अाफ्नाे संगठन लाई नै थप विस्तार गरे । काङ्ग्रेसले जय नेपाल भन्दा पन्त “जय जनता” भन्ने गर्थे ।

उनले सुदूर र मध्यपश्चिममा भ्रमण गर्दा नुन अभाव देख्दा नुन अभियान चलाएका थिए । टनकपुरका गोदामको ताल्चा फुटालेर गरिबहरू लाई नुनु लुगा कपडा वितरण गरेका थिए । उनले बनाइएका त्यी गरिबका तमस्कु सेटका बाकस बाट निकाली जलाई दिएका थिए । भिमदत्त पन्त लाई सडयन्त्रकारिहरुले वि.सं. २०१० साउन १७ का दिन डडेलधुरा जिल्लाको अालितालमा उनका मित भनिने लाल बहादुर र थापाले गोली हानि मारेका थिए ।

उनलाई मारेपछि टाउको काटेर डडेल्धुरा सदरमुकाम ल्याई सामन्ती, देशद्ाेहि हाे भनी आम जनतामा भ्रम फलाउदै ७२ घण्टा सम्म परिवारलाई दाहसंस्कार गर्नु समेत दिएनन् यति मात्र होइन पन्तको काजक्रिया गर्नुका लागि कुनै पनि पण्डित आउन मानेनन् , नौलाको पानिमा छुन दिएनन् , उनका परिवारलाई ज्यात, मेला , विवाहमा समेत जान दिएनन् ।

भिमदत्त पन्तलाई वि.सं. २०७३ फाल्गुन १९ गतेका दिन सहिद घोषणा गरिएको थियाे । पन्तलाई कम्युनिस्ट पार्टीले आफ्नो आदर्श मान्छन् तर उनका माग र सिद्धान्तको आधारमा भने हिनेकाे देखिँदैन । यता स्थानीय स्तरको लगानी बाट भिमदत्त पन्तको जीवनीमा आधारित चलचित्र निर्माण गरेको छ । सहिद भिमदत्त पन्तको जन्म थलो कारिगाउँ लाई अमरगढी नगरपालिकाले आदर्श बस्ती बनाउने काम भने अगाडि बढाएको देखिन्छ नगरपालिकाका मेयर भन्छन् : भिमदत्त पन्तको क्रान्तिको र उनको त्यो मुद्वाकाे कदर गर्दै अमरगढी नगरपालिकाले सहिद पन्तको घरलाई संग्राहलय निर्माण गर्दै छ ।

भिमदत्त आदर्श वस्तिका नामले हामीले उहाँले थालनी गर्नु भएको समाजवादि क्रान्तिको मोडलमा त्यो क्षेत्र लाई अगाडि डाेर्याउने प्रयत्न गर्दैछाै।अहिले गाउँ भरि पैदल मार्ग , संग्रहालय निर्माण, प्रवेश द्वार निर्माण, सडक स्तरोन्नति, होम स्टे निर्माण गरिरहेको पाउन सकिन्छ ।

सहिद भिमदत्त पन्तको क्रान्ति निरन्तरता नहुनु सायद उनकाे त्यो योगदान संस्थागत नहुनाले पनि हुनुपर्छ । उसो त पन्तले त्यो समयमा ५५० जनाको दस्ता सैन्य समेत तयार पारिसकेका थिए । जब उनलाई मार्नुका लागि मित ज्यु बाट नै धोका भएपछि उनको क्रान्ति पनि उहाँ सँगै विलय भएको जस्तो अनुभव हुन्छ आम नागरिकलाई ।

:- दीपकराज भट्ट (भागेश्वर गाउँपालिका डडेल्धुरा )

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार