घोडाघोडी नगरपालिकामा निर्माण भइरहेको रिङ्गरोडको कालोपत्रे गर्ने कार्य सुरु

निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३.५६ मिटरको सडक कालो पत्रे गर्ने कार्य सुरु

सडक कालोपत्रे
कैलाली: कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा निर्माण भइरहेको रिङ्गरोडको कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरण अन्तरगत ३.५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भुखाली चोक बाट सुरु भएको हो ।
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३.५६ मिटरको सडक कालो पत्रे गर्ने कार्य सुरु भएको छ ।
पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना सङ्क्रमण रोकथाम कालागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्की रहेका बेला सुखड स्थित रिङ्गरोड कालो पत्रेको कामले भने निरन्तरता पाएको छ ।
पहिलो चरणको ३.५६ किलोमिटर सडक निर्माणका लागि रेखा जे.बी. निमार्ण सेवा लम्की सँग १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । काम सुरु भएको एक वर्ष भित्रमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे भई सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।
रिङ्गरोडको गत २०७८ पुस ७ गते नगर प्रमुख ममता प्रसाद चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका थिए । स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङ्गरोड निर्माण भइरहेको हो ।
सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प ,बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटरको रिङ्गरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार