पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज

पुर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उहाँहरुको दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बुधबार डिस्चार्ज हुनुभएको हो ।

उहाँहरुको सोमबार गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

यसैबीच पुर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

गत साता अक्सिजन लेभल घटेपछि आइसियुमा उपचाररत पुर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएपछि वार्डमा सारिएको हो ।

उहाँको दोश्रो पटक कोरोना परिक्षण भने केही दिनमा गरिने भएको छ ।

पूर्व राजदम्पती भारतमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भई नेपाल फर्के लगत्तै कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार