के हो स्मार्ट लकडाउन ?

सरकारले असार दोस्रो साताबाट निषेधाज्ञाको मोडालिटीमा केही परिमार्जन गर्ने भएको छ।

Smart Lockdown

सरकारले असार दोस्रो साताबाट निषेधाज्ञाको मोडालिटीमा केही परिमार्जन गर्ने भएको छ। सीसीएमसी निर्देशक समितिको बुधबार कसेको बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यकवस्तु उत्पादन र आपूर्तिसहित‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांक नगर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ।

अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिलेको निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गर्ने निर्णय समितिले गरेको छ।

हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ। उपत्यकामा निषेधाज्ञा कायमै राखेर केही क्षेत्र खुला गर्ने निर्णय समितिले गरेको हो। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।

तर बैठकले कुन कुन क्षेत्र खुला गर्ने र कुन कुन क्षेत्र अझै बन्द राख्नेबारे विस्तृत बताएको छैन। तर असार ७ पछि लकडाउनको स्वरुप फेर्ने भने पक्कापक्की भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार