बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा !

नौ वटै स्थानीय तहमा बाढी पहिरोको उच्च जोखीम

पहिरो बूढीगंगा बाजुरा

बाजुरा:  लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा रहेका छन्। जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो। त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ।

बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन्। गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन्।
त्यस्तै त्रिवेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ।

नगरपालिकाको वडा नं १ मा रहेको विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा नम्बर ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् भने बुढीगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जिल्ला प्रशासनसंग तथ्याङ्क रहेको छ।

त्यस्तै पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकाका १० गाँउ जोखिममा छन्। नगरपालिकाको पिपलडाली, साउने गाँउ, दैयाँ, मटेला, पारतोला, जङ्साल, रावतवाडा, कोल्टी बजार, घोडाकोट, भुलेना, सिराडी, नौलाकोटको गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

सोही क्षेत्रमा पर्ने जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र बस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन्। त्यस्तै स्वामीकार्तिक खापर गाँउपालिकामा ९ गाँउ जोखिममा रहेका छन्।

बर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी, जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले जानकारी दिएका छन्। त्यस्तै हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन्।

यता बडिमालिका नगरपालिकाका १५ गाँउ उच्च जोखिममा रहेका छन्। वडा नम्बर ४ को तिपाडा, वलेना, जडाङ्गा, वडा नम्बर ८ को रापक, बाउली गडखेत, २ को घागर, भौनेरा र मैमातोला ७ को चुथी जोखिममा रहेका छन्।

त्यस्तै जिल्ली, सिराडी, बथानलेख, वडा नम्बर १ को सल्लेना, पाटा रहेका छन्। त्यस्तै जोखिममा गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले विपद् प्रतिकार्य तयारी व्यवस्थापनका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार