सुदूरका युवाहरूलाई उत्पादनका काममा समावेश गर्छौ: मन्त्री जोशी

प्रदेशभित्र स्वरोजगार बनाउन ऋण दिने, तालिमहरू दिने, अनुदान...

Purna Joshi

धनगढी: आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशका युवाहरूलाई उत्पादनका काममा समावेश गर्ने बताउनुभएको छ ।

मन्त्री जोशीले शुक्रवार कैलालीको त्रिनगर भन्सार (गौरीफन्टा नाका) को अनुगमनका क्रममा पत्रकारहरू सँगको अन्तरकृयाकाक्रममा फरक प्रसङ्गमा बोल्दै रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जाने युवाहरूको लागी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको हो ।

प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले भारत जानेलाई रोक्न नसकिए पनि प्रदेशमै स्वरोजगार बनाउन आगामी आर्थिक वर्षदेखि स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । ‘भारत जाने मान्छेहरूलाई हामीले रोक्न सक्दैनौँ,’ जोशीले भन्नुभयो, ‘तर प्रदेशभित्र स्वरोजगार बनाउन ऋण दिने, तालिमहरू दिने, अनुदान उपलब्ध गराउँदै युवाहरूलाई आफ्नै प्रदेशमा रोक्नका निमित्त आगामी आर्थिक वर्षमा हामी क्रमिक रूपले अगाडि बढ्छौँ ।’

साथै मन्त्री जोशीले प्रदेश सरकारले ल्याएको स्वरोजगार कोष परिचालन गर्दै रोजगारीका अवसर सिर्जना गरिने बताउनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार