यस कारण गरे धनगढीमा ५ विद्यार्थी सङ्गठनले प्रधानमन्त्री ओलीको पुत्ला दहन !

आन्दोलनको कार्यक्रम घोषणा

प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढी: कैलालीको धनगढीमा पाँच विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

देशव्यापी विरोध कार्यक्रम अन्र्तगत धनगढीको लक्ष्मीनारायण चौकमा विपक्षी गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थित विद्यार्थी सङ्गठनहरूले बुधवार साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

संसद् विघटन तथा सरकारका ‘असंवैधानिक’ काम कारबाहीको विरोधमा आन्दोलनरत रहेका नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले प्रधानमन्त्री ओली र सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशभर नै आन्दोलनको कार्यक्रम घोषणा गरिएको नेपाल विद्यार्थी सङ्घका देवेन्द्र जोशीले जानकारी दिए ।

विद्यार्थी सङ्गठनहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गरेका थिए । विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका डम्बर भट्टराई, अखिलका नेता समीर जोशी लगायतको विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार