प्रकाश र मालतीको अन्तरजातीय विवाह, उमेरले बनायो अलग !

झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलको अन्तरजातीय प्रेम विवाह यात्रामा ब्रेक

प्रकाश विश्वकर्मा र मालती रावलको अन्तरजातीय प्रेम विवाह

कैलाली: कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलको  अन्तरजातीय प्रेम विवाह यात्रामा ब्रेक लागेको छ । उमेरले उनीहरुलाई अलग्याएको छ ।

विवाह गर्न २० वर्ष उमेर हुनुपर्ने कानुनी व्यवस्था छ । तर, मालती १८ वर्षीया र प्रकाश १९ वर्ष मात्र भएका कारण उनीहरु तत्कालका लागि अलग्गिएका हुन् । प्रहरीले दुवैलाई आ–आफ्नो परिवारको जिम्मा लगाएको छ ।

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै असार २५ मा सामाजिक संजाल (ट्वीटर)मा भिडियो पोष्ट गरेपछि उनीहरुले सवैको ध्यान खिचेका थिए ।
भिडियोमा प्रकाशले अन्तरजातीय विवाह गरेपछि परिवारले नमानेको हुनाले जंगलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामिलाई धम्की दिएका छन् ।’

भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरुबारे अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा उनीहरु असार ४ मा घरबाट हिँडेको र असार २३ मा साँझ कोहलपुरबाट घर फर्कँदा  कर्णाली पुल नजिकै जंगलमा भिडियो बनाएको खुलेको छ ।

असार २३ मा प्रकाशको घरमा बसेकी किशोरीलाई आफन्तले लगेपछि प्रकाशले भिडियो पोष्ट गरेका थिए । रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरुले जिवन बचाउन अपिल गरेका थिए ।

तर, अहिले त्यस्तो अवस्था नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए । एसपी अधिकारीले भने, ‘तत्काललाई उनीहरु सँगै छैनन्,  दुवै सुरक्षित छन् ।’

मालतीका आफन्तले उनलाई यातना दिएको दावी गरेपनि त्यस्तो नभएको एसपी अधिकारीले बताए । भिडियो सार्वजनिक भएपछि एसपी अधिकारीले प्रकाशलाई म्यासेज गरेका थिए, ‘भाइ, म कैलालीको एसपी तपाईं नआत्तिनुस् जंगलमा लुकेर बस्नु पर्दैन म उद्दार गर्न आउँछु ।’

कैलालीका प्रहरी प्रमुखको म्यासेज प्रकाशले जंगलमा होइन, आफ्नै घरमा पढे । त्यसपछि, प्रहरी उनको सम्पर्कमा पुगेको थियो । किशोर र किशोरी दुवैका परिवारलाई ‘सुरक्षाको निश्चिन्तता’ गरिएको एसपी अधिकारीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार