यस्तो छ इन्सेकको अध्ययन अनुसार सुदूरपश्चिममा मानव अधिकार रक्षकहरूको अवस्था ?

यस्तो छ इन्सेकको अध्ययन अनुसार सुदूरपश्चिममा मानव अधिकार रक्षकहरूको अवस्था

धनगढी : कोरोना भाइरस (कोभिड-१९)को महामारीमा मानव अधिकार रक्षकहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । धनगढीमा बिहीबार एक कार्यक्रमका बिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा कोरोना भाइरस कोभिड-१९ महामारीमा मानव अधिकार कर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थामा काम गर्ने व्यक्तिहरूले सामना गर्नु परेका चुनौती तथा समस्याहरू बारे उल्लेख गरिएको छ ।

कोरोना महामारीको समयमा मानव अधिकार रक्षकहरूले सहजरुपमा सूचना सङ्कलन गर्ने वातावरण नहुनु, पत्रकारहरूको पेसागत हकहित सुनिश्चित नहुनु, रोजगारी गुम्नु, स्वास्थ्यकर्मीहरू माथि विभिन्न आरोप लाग्नु, हातपात हुनु लगायतका समस्या झेल्नुपरेको मानव अधिकार र सामाजिक न्यायका निम्ति काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका संयोजक खडकराज जोशीले जानकारी दिनुभयो ।

यस्तै, प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा सेती प्रादेशिक अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. शेर ब. कमरले मानव अधिकार कर्मीहरू ले पनि आफ्नो अधिकारको प्रयोग गर्दै गर्दा अरूको अधिकारको पनि ख्याल गर्नु पर्ने र स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू लाई पनि मनोबल, हौसला बढ्ने तरिकाले सुझाव दिन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘हामीले सेती प्रादेशिक अस्पतालबाट सेवा दिँदा सबैलाई राम्रो सेवा दिन सकेका छौँ भन्ने हाम्रो दाबी हैन । हरेक प्रकारका स्वभावका बिरामीको उपचारको दौरानमा हामीबाट पनि कमी कमजोरी भएका होलान् । ती कमी कमजोरीहरू सुधार हुन् र काम गरोस् गरुन् भन्ने हो भने सही तरीकाले यो यो कमजोरी भएको छ सुधारौँ र यो यो कामहरू राम्रो गरिराख्नू भएको छ भन्ने सकारात्मक सोचका साथ सुझाव सल्लाह दिइयो भने हामी सबै स्वतथ्यकर्मी हरू लाई हौसला मिल्ने थियो ।’ आफूहरूले मान्छे भएको र कोही मान्छे नभएको बिरामी हरू सबै बिरामीको उपचार गर्ने भएकोले कुनै बिरामी अस्पतालमा आउँदा माथिल्लो तहबाट आउने दबाब आवश्यक नरहेको इङकीत गर्दै सबैलाई समान रूपले हेर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले कोरोना महामारी अहिलेको समयमा केही कम भएको अवस्था र खोप लगाइरहेको हुँदा निराशा हुनुपर्ने अवस्था नरहेको भए पनि पनि खोप लगाएका छौँ भनेर ढुक्क हुने अवस्था भने नभएको बताउँदै स्वास्थ्यका मापदण्ड पालन गर्न अति आवश्यक रहेको जिकिर गर्नुभयो । ‘कोरोना विरुद्ध खोप लगाइदैछ जसले गर्दा निराशा हुनु पर्ने अवस्था छैन । तर कोरोनाले स्वरूप परिवर्तन गरिरहेको हुँदा खोप लगाएका छौँ भनेर ढुक्क हुने अवस्था छैन । त्यसैले तपाई हामी सबैले स्वास्थ्यका मापदण्डहरूको पालना गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै मानव अधिकार र सामाजिक न्यायका निम्ति काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका संयोजक खडकराज जोशीले कोभिड-१९ सुरुवाती चरण देखी अहिलेको परिक्षेप सम्ममा आर्थिक सामाजिक, सांस्कृतिक अधिकारको क्षेत्र धारासायीनै बनेको बताउँदै नेपालको परिपेक्षमा बाहिरी परनिर्भरताले मान्छेको दैनिक जीवन कष्टकर भएको र नागरिक मानवअधिकारको लागी सान्ती सुरक्षा अमन चयनका कुरामा सरकार पक्ष चुक्दा महिला हिंसाका तथा विभिन्न खालका अपराधिका घटनाहरू घटेको बताउनु भयो । ‘घटनाको प्रकृति हेर्दा परिवतृत देखिए पनि सँख्यातमक रूपमा मानव अधिकारका घटना बढेका छन् । कोभिड-१९ को अवधिभर आर्थिक सामाजिक सांस्कृतिक अधिकारको क्षेत्रमा त धराशायी नै भयो । नेपालको परिपेक्षमा राज्यले आपूर्ति गर्ने कुराहरूमा चुकेकै कारण नागरिकको दैनिक जीवन कष्टपूर्ण भयो नै । शान्ति सुरक्षा अमन चयन गराउने कुरामा राज्य चुकेकै कारण नागरिक अधिकारको पाटोमा पनि सन्तोकजनक अवस्था छैन ।’ उहाँले भन्नुभयो ।

साथै उहाँले नागरिकका सबै प्रकारका अधिकारहरू प्रत्याभूत गर्न राज्यको दायित्व भएको कारणले राज्य बढी जिम्मेवार हुनुपर्ने र तपाई हामी सम्पूर्ण नागरिक वर्गले सरकारलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार