जन्मदिनमा पनेरुद्वारा महिला प्रहरी तथा सेभ हाउस र दृष्टि फाउण्डेसनमा सेनिटरी प्याड वितरण

सेनिटरी प्याड वितरण

जन्मदिनमा पनेरुद्वारा महिला प्रहरी तथा सेभ हाउस र दृष्टि फाउण्डेसनमा सेनिटरी प्याड वितरण

धनगढी : जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत महिला कर्मचारीका लागि सेनिटरी प्याड वितरण गरिएको छ ।

धनगढी उप-महानगरपालिका वडा नम्बर ११ का नवीन पनेरुले आफ्नो जन्मदिनको अवसरमा प्याड वितरण गरेका हुन् ।

मुलुकमा हाबी भएको पश्चिम करणसँगै जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृत्तिलाई तोड्न सामाजिक कार्यमा संलग्न भएको पनेरुले बताए ।

खर्चका नाममा कसैले सकारात्मक कार्य गरेका छन्, त कसैले नितान्त फजुल खर्च, उनले भने, ‘तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै मैले सेनिटरी प्याड वितरण गरेको हुँ ।’

दैनिक देशभर कयौँ महिलाहरू महिनावारी भएका बेला प्याड अभावकै कारण मर्कामा पर्ने गर्दछन्, सोही मर्काको साक्षी बनिरहेका महिला प्रहरी कर्मचारीलाई मध्यनजर गर्दै सेनिटरी प्याड वितरण गरेको पनेरुले बताएका छन् ।

जन्मदिनको अवसरमा पनेरुले वडा प्रहरी कार्यालय धनगढीलाई ४० पिस, महिला तथा बालबालिका सेभ हाउस अत्तरिया लाई ४० र दृष्टि फाउण्डेसन धनगढी लाई ४० पिस सेनिटरी प्याड वितरण गरेका छन् ।

जन्मदिनमा पनेरुद्वारा महिला प्रहरी तथा सेभ हाउस र दृष्टि फाउण्डेसनमा सेनिटरी प्याड वितरण

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार