कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिए

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

धनगढी : कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–४ सिमली खोलाको जङ्गलमा एक पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका–४ जनकपुर घर भएका अन्दाजी ५०–५५ वर्षीय पदम आचार्य मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख एवं प्रहरी नायव निरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार