ध्यान गरौँ धनगढीमा ‘नो पार्किङ’मा गाडी पार्क गरे ट्राफिकले गर्ने छ ‘ह्विल लक’, मापसे पनि चेक !

ध्यान गरौँ धनगढीमा 'नो पार्किङ'मा गडी पार्क गरे ट्राफिक प्रहरीले गर्ने छ 'ह्विल लक', मापसे पनि चेक गर्ने

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले अब देखी ‘नो पार्किङ’ क्षेत्र भित्र गाडी पार्क गरेमा ह्विल लक गर्ने भएको छ ।

धनगढी उप-महानगरपालिका क्षेत्र भित्र अव्यवस्थित तरिकाले पार्किङ गरिएका विशेष गरी चार पाङ्ग्रे सवारी साधन तथा अटो रिक्सा र मोटरसाइकलमा सो लक लगाइने भएको हो । ट्राफिक प्रहरीले धनगढीमा पहिलो पटक ह्विल अभियान सुरु गरिएको हो ।

सोमबार धनगढी उप-महानगरपालिकाको मुख्य बजार (बसपार्क, ट्राफिक चौराहा र छ लेन सडक) क्षेत्रमा आकस्मिक चेक जाँच र अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्विल लक गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल बहादुर सिंहले जानकारी दिए ।

धनगढी नगर क्षेत्रभित्र अटोले उत्तिकै चाप छ । अझ त्यही माथि अन्य सवारी साधन अव्यवस्थित तरिकाले पार्क गर्दा झनै समस्या भएको छ। प्रहरी निरीक्षक सिंहले, ”खाल्डा खुल्डि भएको हस्पिटल लाइन देखी एलएन चौक एरिया, ट्राफिक चौराहा देखी बसपार्क क्षेत्रमा बढी भिड हुने भएकोले यो क्षेत्रको जाम घटाउन सो कार्यको थालनी गरिएको हो । अब सधैँ अव्यवस्थित तरिकाले पार्किङ गरिएका सवारीमा ह्विल लक लगाइने छ । ह्विल लक गरिएको गाडीमा सवारी धनीको जानकारीको लागी सवारीमा कारण सहित खुल्ने गरी स्टिकर टाँस गछौं । त्यस्तै सवारी धनी सोही स्थानमा भेटिनु भयो भने ठाउँको ठाउँ कारबाही गरेर जरिवाना, सम्झाई बुझाई गर्छौँ भने नभेट्टाएको खण्डमा टाँसिएको सूचना अनुसार कार्यालयमा आउनु हुन्छ । यतै सम्झाई बुझाई र कारबाही गर्छौँ ।” उनले भने ।

यसै गरी, जिल्ला ट्राफिक प्रहरीले ब्रेथलाइजर को माध्यम बाट साँझ ५ बजे र ७ बजे ‘सरप्राईज’ मापसे चेकिङ गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार